प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
श्रावण २०७९
हातहतियार खरखजाना तथा विष्पोटक पदार्थ सहित मानिस नियन्त्रणमा
२०७९-०४-३०

दाङ, ३० साउन             बर्दिया, बारबर्दिया नगरपालिका वडा नं. ६ मनिकापुर बस्ने वर्ष ५६ को निमलाल शर्मा हातहतियार खरखजाना सहित पक्राउ परेका छन् । केहि दिन अगाडी बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार गर्न गएको सि.सि. टि.भि. फुटेजमा देखिन आएपछि आइतवार दिउँसो नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय निकुञ्जका प्रमुख सहितको टोलीले निजको घरमा खानतलासी गर्दा निम्नानुसारका हातहतियार खरखजाना बरामद भएको छ । बरामद भएको हातहतियार खरखजाना सहित निमलाल शर्मालाई नियन्त्रणमा लिई बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वारबाट थप अनुसन्धान भई रहेको छ ।                         निम्न १.     दुई नाले बारा बोर  बन्दुक थान १ ,ऐ को गोली राउण्ड थान ३ ।२.     ३०३ राईफलको गोली राउण्ड थान ४ ।३.     8mm kf लेखिएको गोली राउण्ड थान १६ ।४.      OFV A7  60 गोली राउण्ड थान १२ ।५.      OFV 2010 5.56  गोली राउण्ड थान २ ।६.      MK3 EXPLOSIVE थान १ ।७.      PEK अं. १०० ग्राम ।८.      १२ बोर काटुस थान ८ ।९.      पटाका २१ रोल ।

प्युठानमा सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु १५ घाइते
२०७९-०४-२९

प्युठान, नौबहिनी गाँउपालिका वडा नं. ६ बहाने बजार नजिकै घुम्तिमा बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु १ ज १५४८ नं. को जिप आज साँझ ५ आफै अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा ३ जना मानिसको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक जिल्ला प्युठान, नौबहिनि गाँउपालिका वडा नं. ५ बस्ने वर्ष २५ को लुकेश थापा, सोही घर भएकी रेमसरा बुढामगरकी छोरी वर्ष ४ की करुणा बुढामगर र निजकै छोरी २५ दिनकी चेतना बुढामगर रहेका छन् । अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल प्युठानमा पठाइएको छ।  घाईतेहरु:-१.    जिल्ला प्युठान ऐरावती गा.पा.५ खवाङ बस्ने बर्ष २८ को गोबिन्द के.सि. ।२.    ऐ.नौबहिनि गा.पा. २ लिघा बस्ने बर्ष २६ की लक्ष्मी घर्तिमगर ।३.    ऐ. बस्ने बर्ष ५२ को मिनराम सुनार ।४.    ऐ. बस्ने बर्ष ३० को दल ब. खत्री ।५.    ऐ. १ बस्ने बर्ष २६ को ईन्द्र ब. बुढामगर ।६.    ऐ. ५ बस्ने बर्ष २३ को रबिन घर्तिमगर  ।७.    ऐ.ऐ. बर्ष १८ कि धनमाला थापामगर ।८.    ऐ.ऐ. बर्ष ११ को रोशन थापा मगर  ।९.    ऐ.ऐ.बर्ष २८ को हुम ब. बुढामगर  ।१०.    ऐ.ऐ.बर्ष २८ को मिनराज राना क्षेत्री  ।११.    ऐ.ऐ. बस्ने बर्ष ६० की दिल सरी बि.क.  ।१२.    जिल्ला रोल्पा लुङ्ग्री गा.पा. १ बस्ने बर्ष १२ की अस्मिता पुन मगर ।१३.    जिल्ला प्युठान नौबहिनि ५ बस्ने बर्ष २२ की दिलमाया थापा  ।१४.    ऐ.ऐ. बस्ने बर्ष ११ की रियासा थापा ।१५.    ऐ. बस्ने बर्ष २५ की रेमसरा बुढामगर ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु
२०७९-०४-२९

नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-५ बाईपास चोकस्थित सडकमा बागमती प्रदेश ०३-००१ क ०१८९ नम्बरको ट्रक र लु.१ ख ९५७७ नम्बरको बस शनिबार दिउँसो एकआपसमा ठोक्किदा बसमा सवार नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-१२ बस्ने ३० वर्षीया बिनु शाहीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार १ जनाको सोही अस्पतालमा र १ जनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्र.ना.उ. सवार TATA Yodha Pickup Van दुर्घटना ।
२०७९-०४-२८

रूकुम पूर्व साउन, २८ मिति २०७९।०४।२८ गते ११:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश डाँगी  र प्रमुख जिल्ला अधिकारी तुलराम सुनुवारको टोली ई.प्र.का. तकसेरा रूकुम पूर्वको कार्यालय निरीक्षणको लागी बिहान ०९:१५ बजेको समयमा ई.प्र.का. तकसेरा रूकुम पूर्वको लागी लु.१ झ. ६६० नम्बरको TATA Yodha Pickup Van मा हिडेकोमा जिल्ला रूकुम पूर्व पुथा उत्तर गंगा गाउँपालिका ११ को तल्लो सेरा भन्ने स्थानको घुम्तीमा गाडी मोड्ने क्रममा प्र.ना.उ. प्रकाश डाँगी चढेको Pickup VAN अचानक उक्त घुम्तीबाट अन्दाजी १२० मिटर तल खस्दा उक्त गाडीमा सवार प्र.ना.उ. डाँगी र अन्य ५ जना गरी जम्मा ६ जना प्रहरी कर्मचारीहरू घाईते भएका छन, प्र.जि.अ. तुलराम सुनुवार भने जिल्ला प्रशासन कार्यालयको आफ्नै गाडीमा सवार रेहको, र उक्त दुर्घटना स्थलमा प्रमुख जिल्ला अधिकारी, स्थानिय निकाय तथा जनप्रतिनिधिहरू, ई.प्र.का. तकसेरा रूकुम पूर्वको प्रहरी टोली र स्थानियको वासिन्दाहरूको सहयोगमा उद्दार गरी घाईते प्रहरी कर्मचारीहरूलाई पुथा उत्तर गंगा गा.पा. ११ डिखिउ भन्ने स्थानमा रहेको हेलिप्याडमा लगी नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारको लागी कोहलपुर मेडिकल कलेज नेपालगंज लगिएको ।निम्नः-१ प्र.ना.उ.प्रकाश डाँगीको दाहिने हातको कुम भाँचिएको तथा शरिरको विभिन्न भागहरूमा चोट अवस्था मध्ययम हाल थप उपचारको लागी Nursing Home Nepalgunj रिफर गरिएको ।२.स.प्र.ना उ.रबिन्द्र श्रेष्ठ  मुखमा चोट अवस्था मध्यम ।  ३ चालक प्र.ह.कुमार सिंह डाँगीको टाउकोमा चोट मध्यम मध्यम ।४ जिल्ला रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नम्बर २ एलबाङ घर भई जिल्ला प्रहरी कार्यलय रूकुम पूर्वमा कार्यरत प्रहरी जवान लक्ष्मण पुन मगरको टाउकोमा चोट  लागी अवास्था गम्भिर भएकोमा हाल नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा १६:२० बजेको समयमा मृत्यु भएको ।५ प्र.ज.सन्तोष बुढा अवस्था मध्ययम ।६ प्र.ज.ईन्द्र घर्ती मगरको कान च्यातिएको अवस्था मध्यम  ।

लागूऔषध सहित मानिस नियन्त्रणमा:
२०७९-०४-२४

कपिलवस्तु, मायादेवी गाँउपालिका वडा नं. ०१ ईमिलियाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तुसहित जिल्ला, रुपन्देही सैनामैना नगरपालिका वडा नं. ५ वुद्धनगर बस्ने अन्दाजी वर्ष २७ को जनकराम घिमिरे पक्राउ परेका छन् ।  मिति २०७९।०४।२३ गते १७:४० बजेको समयमा ईमिलिया स्थित बगदी - पकडी  भित्री सडक खण्डमा पकडीबाट वगदीतर्फ जाँदै गरेको लु  ८२ प ३२२५ नं. को मोटरसाईकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा निज जनकराम घिमिरेको साथबाट अन्दाजी २ ग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको हो । निज जनकराम घिमिरेलाई मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ  ।

देबरद्वारा भाउजुमाथि चक्कु प्रहार गरी घाइते बनाएको
२०७९-०४-२३

दाङ २३ साउन, नवल्परासी पश्चिम, सुनवल नगरपालिका वडा नं. ५ हर्दिया बस्ने बर्ष ३२ को बिशाल खड्काले मिति २०७९।०४।२२ गते राती १०:२० बजेको समयमा आफ्नै भाउजु बर्ष २८ की ममता खड्काको घाँटीमा चक्कु प्रहार गरी घाईते बनाएको भन्ने जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्र.नि. बिष्णु पौडेलको कमाण्डमा ५ जनाको टोली खटि गई निज बिशाल खड्कालाई नियन्त्रणमा लिने क्रममा ईलाका प्रहरी कार्यालय, सुनवलमा कार्यरत प्रहरी हबल्दार खिम बहादुर गुरुङको घाँटीमा समेत सोही चक्कुले प्रहार गरी घाईते बनाएकोमा  घाइतेहरुको देवदह मेडिकल कलेज भलुही, रुपन्देहीमा उपचार भई रहेको छ । निज बिशाल खड्कालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

मोटरसाईकल दुर्घटनाबाट १ को मृत्यु १ जना घाईते:
२०७९-०४-२३

दाङ २३ साउन,  बर्दिया, मधुवन नगरपालिका वडा नं. ४ मख्खन चौक हुलाकी सडकखण्डमा मिति २०७९।०४।२२ गते राती ११:४० बजेको समयमा भुरीगाउँतर्फबाट आउँदै गरेको भे १२ प ७३५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मधुवन नगरपालिका ४ बाँदरभरिया बस्ने बर्ष ३० को सुनिल चौधरी र सोही बेलुवा बस्ने वर्ष २७ की सोनिया थारु गभ्मिर घाईते भएका थिए । घाइते सोनिया थारुको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मिति २०७९।०४।२३ गते राती ००:४८ बजेको समयमा मृत्यु भएको छ भने घाइते सुनिल चौधरीको नर्सिङहोम नेपालगंजमा उपचार भई रहेको छ । दुर्घटनाग्रस्त मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

“अपराध अनुसन्धान सम्बन्धी समस्या र सामाधनका उपायहरु” विषयक प्रदेश स्तरीय एक दिवसिय समिक्षा गोष्ठी सम्पन्न ।
२०७९-०४-२०

       आज मिति २०७९।०४।२० गते  शुक्रबार  लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, काठमाण्डौको सहकार्यमा अपराध अनुसन्धानलाई वस्तुपरक,तथ्यपरक,प्रमाणमुखी  र पारदर्शी बनाउने उद्देश्यका साथ “अपराध अनुसन्धान सम्बन्धी समस्या र सामाधनका उपायहरु”  विषयक प्रदेश स्तरीय एक दिवसिय समिक्षा गोष्ठी कार्यक्रम लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला,कानून तथा संचार मन्त्री माननीय तिलकराम शर्मा ज्यूको अध्यक्षतामा  सम्पन्न भयो ।उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका १२ वटै जिल्ला प्रहरी कार्यालय प्रमुखबाट अपराध अनुसन्धान र यसका समस्या तथा समाधानका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकाल ज्यूले कार्यक्रमको उद्वेश्यमाथी प्रकाश पार्दै स्वागत मन्तब्य राख्नु भएको थियो । उच्च सरकारी वकिल कार्यालयका सह- न्यायाधिवक्ता मोहन सागर बस्याल, आन्तरिक मामिला कानून तथा संचार मन्त्रालयका सचिव कोमल प्रसाद धमला र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, मुख्य न्यायाधिवक्ता मा. श्री कृष्ण सुवेदी ज्यूहरुले शुभकामना मन्तव्य दिनु भएको थियो । विभिन्न सरकारी तथा सामाजिक संघ संस्थाका प्रमुख ज्यूहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय ज्यूले धन्यवाद ज्ञापन गर्नुका साथै छलफल अन्तरक्रियामा उठेका विषयहरुमाथी प्रष्ट पार्नु भएको थियो । केन्द्रिय अनुसन्धान व्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी ज्यूले  अपराधको बदलिदो प्रवृतीका साथै समसामयिक बिषयमा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो ।

श्रीमान श्रीमती मृत अवस्थामा फेला परेको।
२०७९-०४-१०

बाँके, श्रावण १०जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतिपुरमा आफ्नै घर भित्र श्रिमान श्रिमती मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही घर भएका वर्ष २२ को मम्मु भन्ने कृष्ण गडरिया र निजको श्रीमती वर्ष २१ की अन्जली गडरिया रहेका छन् । अन्जली गडरियाको घाँटीमा पलाष्टिकको डोरी बटारिएको अवस्थामा घरभित्र कोलियामा र मम्मु भन्ने कृष्ण गडरियाको बाँया हातमा काटिएको अवस्थामा भान्सा कोठा भित्र मृत अवस्थाम फेला परेका थिए। घटनास्थलमा प्र.ना.उ. ऐन बहादुर मल्लको कमाण्डमा डग सहित १३ जनाको टोली खटिएको र तालुक जि.प्र.का. बाँकेबाट प्र.उ. श्याम कृष्ण अधिकारी कमाण्डमा १५ जनाको टोलि खटि गई घट्नाको थप अनुसन्धान भई रहेको छ ।  

२ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको।
२०७९-०४-०७

रुकुम(पूर्व),  ७ श्रावण जिल्लाको भुमे गाँउपालिका वडा नं. ७ डाग्रीवाङको जंगलबाट बेवारिसे अवस्थामा रहेका २ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ ।  मिति २०७९।०४।०७ गते अन्दाजी २०:०० बजे विशेष सुचनाको आधारमा भुमे गाँउपालिका वडा नं ७ स्थित डाग्रीवाङको जंगलमा  प्र.नि. कृष्ण वहादुर खत्रीको कमाण्डमा प्रहरी टोली खटिई गई खोजतलास गर्दा (१ नाल साबुत र १ नाल वेसाबुत) गरी जम्मा २ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको हो ।  बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वमा लिई थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-०४-०६

कपिलवस्तुः ६, श्रावणमिति २०७९।०४।०६ गते २०:०० बजे जिल्ला कपिलबस्तु कपिलबस्तु न.पा. ४ कोदौहा चोक स्थित तौलिहवाबाट कृष्णनगर तर्फ जादै गरेको रा ६ प ८२१३ नं.को मोटरसाईकल चेक जाँच गर्ने क्रममा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.२ मस्जितटोल बस्ने जमालुद्दीन सिद्दीको छोरा बर्ष ३० को अब्दुल अलिम सिद्दीले चलाएको मो.सा सोही मो.सा. पछाडी सवारजिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.२ मस्जितटोल बस्ने अस्गर अली मुसलमान मो.सा.को सिट भित्र लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिक फेला परेको उक्त कालो प्लाष्टिक खोली हेर्दा नेपालमा प्रतिबन्धीत औषधी NITRAVET -10 लेखेको ४ वटा फायल फेला परेको प्रत्येक फायलमा १५/१५ वटाका दरले ६०(साठी) ट्याब्लेट रहेको र  सोही प्लाष्टिकमा दुई वटा सानो पार्दर्शी सेतो प्लाष्टिक रहेको सो प्लाष्टिकहरु मध्ये एउटा प्लाष्टिकमा २ वटा र अर्को प्लाष्टिकमा ४ वटा गरी जम्मा ६ वटा स-साना कागजका पुरिया रहेको उक्त पुरियालाई खोली हेर्दा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रंगको धुलो फेला परेको उक्त ६ वटा पुरियालाई स्थानिय मान्यता प्राप्त डिजिटल यन्त्रमा एक मुष्ट तौल गर्दा कागज सहित ४९० मिलि ग्राम र कागज हटाई तौल गर्दा १२० मिलि ग्राम खैरो रंगको  धुलो रहेको उल्लेखित NITRAVET-10 लेखेको ट्याब्लेट ६०(साठी) र खैरो रंगको १२० मिलि ग्राम धुलो र रा ६ प ८२१३ नं.को मोटरसाईकल सहित २ जना मानिसलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएका प्र.स.नि. श्यामसिह चौधरीको कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट थप अनुसन्धान कार्य भई रहेको ।

७ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारेको।
२०७९-०४-०६

रुकुम(पूर्व),  ६ श्रावणजिल्लाको भुमे गाँउपालिका वडा नं. ७ डाग्रीवाङको जंगलबाट बेवारिसे अवस्थामा रहेका ७ नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको छ।  मिति २०७९।०४।०५ गते अन्दाजी २१:३० बजे विशेष सुचनाको आधारमा भुमे गाँउपालिका वडा नं ७ स्थित डाग्रीवाङको जंगलमा  प्र.नि. कृष्ण वहादुर खत्रीको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिई गई खोजतलास गर्दा (६ नाल साबुत र १ नाल वेसाबुत) गरी जम्मा ७ नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला परेको हो ।  बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक कार्यालयमा लिई थप अनुसन्धान भई रहेको छ ।

दाङः- लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-०४-०६

 मिति २०७९।०४।०५ गते अं.१९:०० बजेको समयमा जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.वडा नं. ६ शिव शिखर कोलोनी टोल स्थित लागु औषध (ब्राउन सुगर) बिक्रि बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुल्सीपुर, दाङबाट प्र.नि.बखत बहादुर शाहीको कमाण्डमा टोली खटी गई  निम्न स्थान बस्ने निम्न ब्यक्तिहरुलाई चेक जाँच गर्दा  ला.औ. ब्राउन सुगर सहीत फेला पारी निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय तुल्सीपुर, दाङमा थप अनुसन्धान कार्य भई रहेको ।             निम्न व्यक्तिहरु १)      जि.दाङ तुलसीपुर उ.म.न.पा ६ ज्ञान ज्योती टोल बस्ने बर्ष २१ अर्जुन नेपली को साथबाट १ पुडिया । २)      ऐ.ऐ. ६ सुकौरा रोड बस्ने बस्ने बर्ष २५ को सागर गन्धर्बको साथबाट ६ पुडिया । ३)      ऐ.ऐ. ५ बसपार्क बस्ने बर्ष २३ को सन्तोष बि.क को साथबाट २ पुडिया । ४)      ऐ.ऐ. बस्ने बर्ष २५ को निर्मल घर्तीको साथबाट १ पुडिया  । जम्मा १० पुडिया  प्लास्टिक सहीत तौल  गर्दा ७३०  मिली ग्राम , प्लास्टिक हटाई तौल गर्दा ४९०मिली ग्राम ,नगद रु २३,००० ।

बर्दियाः- लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०७९-०४-०३

मिति २०७९।०४।०२ गते अं.१७०० बजेको समयमा जि. बर्दिया बढैयाताल गा.पा. २ फुटाहा स्थित नेपाल-भारत आउने जाने बाटो नजिक ला.औ. ब्राउन सुगरको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी जमुनि, बर्दियाबाट प्र.ब.ना.नि. नर बहादुर वि.क. को कमाण्डमा प्रहरी टोलि उक्त स्थानमा खटि गई सोधपुछ गर्दा बासगढि न.पा. ३ बस्ने अं. बर्ष २६ को उमेश खत्रि, ऐ.ऐ. बस्ने अं. बर्ष २४ को कृष्ण प्रसाद थारु र ऐ.ऐ. बस्ने बर्ष अं. २९ को सुनिल थारु समेत गरी ३ जनालाई फेला पारी शङ्का लागी खान तलासि गर्दा निजहरु मध्ये उमेश खत्रिको दाहिने हातमा कालो पलाष्टिकको एक पोकामा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ प्लाष्टिक सहित नाप तौल गर्दा ३ ग्राम ५३० मिलि ग्राम र शुद्ध ३ ग्राम ३९० मिलि ग्राम तौल रहेको ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र निज उमेश खत्रि को हाफ पाईन्टको पछाडिको खल्तिमा रहेको रु. १०००।- दरका नोट थान १० गरि जम्मा रु. १०,०००।- (अक्षररुपि दश हजार मात्र)  र सुनिल थारुको साथ बाट रु. १२०।- (अक्षररुपि एक सय बिस मात्र) गरि जम्मा रु. १०,१२०।-(अक्षररुपि दश हजार एक सय बिस मात्र) समेत बरामद गरि उक्त सामान र ३ जना मानिसहरुको ई.प्र.का. मैनापोखर, बर्दियामा थप अनुसन्धान कार्य भई रहेको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<